झापा । ‘जेनजी आन्दोलन’का क्रममा प्रहरीको हतियार लुटपाटमा संलग्न एक व्यक्ति सहित आठ जना लागुऔषध (खैरो हिरोइन) सहित झापाबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार शनिबार साँझ दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर, सेक्टर–१ को एक छाप्रोबाट उनीहरूलाई पक्राउ गरिएको हो । लागुऔषध बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई…