२२ भदौ २०८३, सोमबार | September 7, 2026

जेनजी आन्दोलनमा प्रहरीको हतियार लुटेर भागेका एक व्यक्ति ब्राउनसुगरसहित पक्राउ



झापा । ‘जेनजी आन्दोलन’का क्रममा प्रहरीको हतियार लुटपाटमा संलग्न एक व्यक्ति सहित आठ जना लागुऔषध (खैरो हिरोइन) सहित झापाबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार शनिबार साँझ दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर, सेक्टर–१ को एक छाप्रोबाट उनीहरूलाई पक्राउ गरिएको हो । लागुऔषध बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ परेकाको साथबाट ७ ग्राम ८ सय मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद गरेको जनाएको छ ।

पक्राउ परेकामध्ये आदित्य लिम्बू ‘जेन्जी आन्दोलन’का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा संलग्न रहेको खुलासा भएको प्रहरीले जनाएको छ । त्यस्तै, मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट भागेका व्यक्ति भएको पाइएको छ ।

अन्य पक्राउ पर्नेहरूमा साजन थापा, दिपेश तामाङ, सनम राई, पविन विश्वकर्मा, सुचन दर्जी र विजय माझी रहेका छन् ।

पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १० : ५६ बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी