काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी समकक्षी सर्गेइ लाभारोभसँग टेलिफोन वार्ता गरेका छन् । बिहीबार दिउँसो भएको वार्तामा रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न श्रेष्ठले लाभारोभसँग आग्रह गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले…