८ पुस २०८२, मंगलबार | December 24, 2025

महिला क्रिकेट : नेपालसँग मलेसिया पराजित

काठमाडौं । अन्तरराष्ट्रिय महिला टी-२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई छ ‘विकेट’ले पराजित गर्दै जित हासिल गरेको हो । यससँगै यो शृङ्खलामा नेपालले पहिलो जित दर्ता गराएको छ । यसअघि नेपाल मलेसियासँग पहिलो खेलमा तीन ‘रन’ले पराजित भएको थियो ।…