काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र सुशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धिका निम्तिक्रियाशील हुन आग्रह गरेका छन । राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै विविधताको सौन्दर्यलाई राष्ट्रिय भावनामा रुपान्तरण गर्न सके मात्र विविधताले…