काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारीबीचको अन्तरसम्बन्धका आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीको आकर्षण तथा देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताएका छन् । चिकित्सा शिक्षा आयोगको १२औँ बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चिकित्सा शिक्षा जस्तो महत्वपूर्ण र संवेदनशील विषयको नियमन र व्यवस्थापनका लागि गठित यस आयोगबाट निरन्तर सुधारोन्मुख…