१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कोशी प्रदेश सरकारको प्रोत्साहन भत्ताले महिला स्वास्थ्य स्वयं सेविका उत्साहित



विराटनगर । कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि यस प्रदेशका महिला स्वास्थ्य स्वयं सेविका उत्साहित भएका छन् ।

मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ५-५ हजारका दरले प्रोत्साहन भत्ता र जिल्ला जिल्ला र प्रदेश स्तरमा पुरस्कृत गर्ने व्यवस्था गरेको हो ।

नेपाल महिला स्वास्थ्य स्वयं सेविका संघ कोशी इन्चार्ज रत्ना रिजालको नेतृत्वमा आाएका महिला स्वास्थ्य स्वयं सेविकाहरुले प्रदेश सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको हकहितमा चासो राखेर प्रोत्साहन भत्ता र पुरस्कृत गर्ने व्यवस्थाले आफूहरु उत्साहित भएको बताएकी छिन् ।

‘महिला स्वास्थ्य स्वयं सेविकाहरुले रातदिन नभनी काम गरिरहेको दुःखलाई मुख्यमन्त्रीज्यूले सम्झेर प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्था गरेकोमा धन्यवाद दिन चाहन्छु,’ इन्चार्ज रिजालले भनिन्,  ‘मुख्यमन्त्री ज्यूले प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्था गरेर महिला स्वास्थ्य स्वयं सेविकालाई अझै जिम्मेवार बनाइदिनु भएको छ ।’

संघकी केन्द्रीय सचिवसमेत रहेकी झापाकी महिला स्वास्थ्य स्वयं सेविका विमला प्रसाईंलगायतले आफूहरुले प्रदेशबाट पाउँदै आएको सुविधा पनि अघिल्लो सरकारबाट रोक्का भएकाको भन्दै मुख्यमन्त्री कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

‘महिला स्वास्थ्य स्वयं सेविका छोडेर विदा हुँदाको बखत प्रदेश सरकारले २० हजार रुपैंयाँ दिने भनेर नीति नै बनाएको तर महालेखा परीक्षकको कार्यालयले त्यसलाई बेरुजु देखाएपछि उक्त रकम पनि नपाउने भएका छौं,’ उनले भनिन्, ‘प्रदेशभरिमा ६ हजार महिला स्वास्थ्य स्वयं सेविका रातदिन महिलाले गर्भ धारण गरेदिख बच्चा हुर्कुञ्जेल स्वयं सेवा गर्दै आएको अवस्थामा प्रदेश सरकारले प्रोत्साहन भत्ताको व्यवस्था गरेर थप जिम्मेवार बनाइ दिएको छ ।’

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा महिला स्वयं सेविकाको ध्यानाकर्षण पत्र बुझेपछि मुख्यमन्त्री कार्कीले समाजमा महत्वूण योगदान पुर्याउने महिला स्वास्थ्य स्वयं सेविकाहरु आफ्ना बिरामी बालबालिकालाई घरमा छोडेर रातदिन नभनी अर्काको घरमा गएर गर्भवती महिलादेखि बालबालिकाहरुलाई सेवा दिँदै आएकाले प्रोत्साहन र पुरस्कारको व्यवस्था गरेको बताएका छन् ।

‘आफ्ना छोराछोरीलाई घरमा छोडेर समुदायमा रहेका छोराछोरीहरुको हेरबिचार गर्ने महिला स्वास्थ्य स्वयं सेविकाहरुको योगदान उच्च छ । त्यो मैले पनि बुझेको छु,’ मुख्यमन्त्री कार्कीले भने,  ‘अहिलेसम्म महिला स्वास्थ्य स्वयं सेविकाको पीडामा कोही सरकार लागेन यो पटक मैले बजेटमै स्वयंसेवी महिलाहरुलाई ५ हजार प्रोत्साहन उपलब्ध गराउने व्यवस्था मिलाएको छु । तपाईहरु ढुक्क हुनुहोस ।’

मुख्यमन्त्री कार्कीले कोशीका १४ वटा जिल्लामा एक÷एक जना र प्रदेश भरिबाट एक जना महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गर्ने बताएका हुन् ।

कोरोनाका बेला समेत  डाक्टरहरुको भन्दा पनि घरघरमा पुगेर कोरोना पिडीतलाई हेर्ने महिला स्वास्थ्य स्वयं सेविकाहरुको सेवा महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्की भन्छन् ‘मेरो सरकारको पहिलो प्राथमिकता भनेको मानवीय विकास हो । त्यसभित्र पनि वालबालिका र महिलाको क्षेत्रमा काम गर्नु छ ।’

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ७ : ५६ बजे

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा