काठमाडौं । दाङको तुलसीपुरबाट सल्यान जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। शनिबार तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिकास्थित मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटना पर्दा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका-६ की ३१ वर्षीया…