१७ बैशाख २०८१, सोमबार | April 29, 2024

शिक्षक आन्दोलनको सहमतिप्रति सिके राउत असन्तुष्ट



काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रप्रकाश (सिके) राउतले हालै भएको शिक्षक महासंघसँग सम्झौताप्रति असन्तुष्टी प्रकट गरेका छन ।

नेपाल सरकारले आन्दोलनरत शिक्षकहरुसँग सम्झौता गर्दा शिक्षा र विद्यार्थीका बारेमा कतै पनि उल्लेख नगरेको भन्दै असन्तुष्टी प्रकट गरेका हुन ।

विद्यालय शिक्षा विधेयक २०८० का बारेमा प्रतिनिधिसभा बैठकमा छलफल चलिरहेको बखतमा उनको यो धारणा बाहिर आएको हो । ‘शिक्षकहरुले आन्दोलन गरे, हाम्रो पनि समर्थन रहयो, नेपाल शिक्षक महासंघ र नेपाल सरकारले सम्झौता गरयो, ६ खण्डमा त्यहाँ ३२ बुदाँहरु छन,’ उनले भनेका छन, ‘त्यसमा एउटा मात्रै बुदाँ पनि विद्यार्थीको हितको देखाउनुहोस, एउटा मात्रै बुदाँ पनि सुलभ र गुणस्तरीय शिक्षाका लागि देखाउनुहोस, एक शब्द छैन ।’

उनले सामाजिक सञ्जालबाट आफनो दृष्टिकोण राख्दै प्रश्न गरेका छन, ‘शिक्षाको सरोकार शिक्षक र सरकारलाई हुने कि नहुने ?’

 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १२ : १५ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा