रुकुम पश्चिम । जाजरकोटलाई केन्द्रविन्दु बनाई गएराति गएको भूकम्पमा परी रुकुमपश्चिममा मात्रै ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा आठविसकोट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा सात जनागरी ३५ जनाको मृत्यु भएको हो ।…