१७ बैशाख २०८१, सोमबार | April 29, 2024

गुम्बाले पर्यटक राख्ने र विमानस्थल पूर्ण संचालन नभए होटल बन्द हुन्छन : होटल व्यवसायी



भैरहवा । होटल व्यवसायीहरुले यथासिघ्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथासिघ्र पूर्ण सञ्चालनका माग गरेका छन । भैरहवामा भएको होटल व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेशको विस्तारित वैठकले मुख्यतया ३ वटा विषयमा केन्द्रित भई निर्णय गरेको छ ।

भैरहवामा निर्माण सम्पन्न भएको अन्तरािष्ट्रय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि राज्यका सम्बन्धित निकायमा संघले पहकदमी गर्ने र दबाबमुलक कार्य सृजना गर्ने निश्कर्ष निकालिएको बताए ।

यस्तै लुम्बिनीमा भएको गुम्बाहरुले बाहिरी पर्यटकहरुलाई राख्दा लुम्बिनी क्षेत्रमा रहेका होटल व्यवसायीहरु विस्थापित हुने अवस्था आएकोले सम्बन्धित निकायले यस्तो गतिविधी रोक्न अनुरोध गर्ने र बाहिर स्थापित होटलमा बस्ने वातावरण मिलाउन अनुरोध गर्ने निण्र्ढाय गरेको छ । यस्तै अहिलेको अवस्थामा व्यवसायहरु नाजुक अवस्थामा पुगेको छ , कोभिड पछि यो व्यवसाय संकटमा आएकोले घरबहाल पनि तिर्न नसक्ने अवस्था आएकोले परिस्थिती जन्य अवस्था सृजना भएकोले सकेको जति सक्ने छुट घरबहाललाई दिने व्यवसथा मिलाउने निर्णय भएको होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव प्रसाद नेपालले बताए ।

संस्थापकअध्यक्ष नेपालले विमानस्थल सञ्चालन हुने आशामा अर्बौ लगानी निजी क्षेत्रबाट भएको र अहिले व्यवसाय धरासायी भएको बताए । होटल व्यवसायी महासंघमा सवा १ लाख व्यवसायीहरु आबद्ध रहेको छन, अहिले व्यवसायिक प्रतिस्पर्धा भन्दा पनि जुटेर जानु पर्ने स्थिती आएको उनीहरुको भनाई छ ।

त्यस्तै होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको, लुम्बिनी प्रदेशको मात्र नभइ पश्चिम नेपालको विकासको द्वार भएको बताए । उनले भने, ‘यो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा यो खण्डहर बन्दैछ । विमानस्थल सञ्चालनका लागि आन्दोलन र पहल गर्नुपर्छ ।’ उनले व्यवसायीका समस्या सम्बोधनका लागि होटल व्यवसायी महासंघले पहल गर्दै आएको बताए । महासंघसँग व्यवसायीले धेरै आशा, भरोसा र अपेक्षा राखेको उनले बताए ।

होटल व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव राजेश महोत्राले महासंघलाई अझ बलियो बनाउनुपर्ने बताए । उनले भने, ‘महासंघ हाम्रो छाता संगठन हो । हामी एकताबद्ध हुनुपर्छ ।’

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोख्रेलले होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशले आफ्नो बैठकका लागि भैरहवालाई रोजेको भन्दै धन्यवाद ज्ञापन गरे । संगठनका निवर्तमान अध्यक्ष पिताम्बर न्यौपाने (विष्ण)ले संघ-संस्थाहरु मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

संगठनका महासचिव बाल बहादुर घिमिरे (सुनिल) ले नयाँ वर्ष २०८१ को स्वागत गर्दै पर्यटन प्रवद्र्धनका लागि भैरहवामा चैत ३० गते आयोजना गर्न लागिएको सिद्धार्थ सडक खाना महोत्सव सफल बनाउन सबैबाट साथ र सहयोगको अपेक्षा राखेको बताए ।

कार्यक्रममा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश बैठकका क्रममा भैरहवा आएका पदाधिकारी र सदस्यहरुलाई होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीले स्वागत गरेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ७ : ४६ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।