काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनरत जेनजीलाई संयम रहन आग्रह गरेका छन् । उनले सरकार विघटन भइसकेको अवस्थामा आन्दोलनरत जेनजीलाई संयम रहन आग्रह गरेका हुन् । मंगलबार विप्लवले भिडियो सन्देश जारी गर्दै आन्दोलनरत जनता बाटनै नेतृत्व दिनेगरी सोच्नुपर्ने बताएका छन् । जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्याएको उनको भनाई छ…