काठमाडौं । महिलालाई अश्लिल तस्बिर पठाएर हैरानी दिएको तथा चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्याङ्जा पुतलीबजार नगरपालिका-३ घर भई ठमेल बस्ने ४८ वर्षीय नन्दलाल शर्मालाई साइबर ब्युरोले पक्राउ गरेको हो । उनलाई सोमबार पोखराबाट पक्राउ गरेको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए । उनले एक महिलालाई सामाजिक सञ्जालबाट…