११ भदौ २०८३, बिहिबार | August 27, 2026

आरजु राणाले भनिन, नेपालमा ‘फेक न्युज’ र ‘फेक मिडिया’ को पराकाष्ठा नाघेको रहेछ’



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य आरजु राणाले ‘फेक न्युज’ र ‘फेक मिडिया’ पराकाष्ठामा पुगेको बताएकी छिन् । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्नि राणाले महिलाहरुलाई आत्महत्या गर्न मिडियाले फोर्स गरेकोसमेत बताएकी छिन् ।

‘मैले पहिलो पटक यो अनुभव गरे कि नेपालमा ‘फेक न्युज’ र ‘फेक मिडिया’ को पराकाष्ठा नाघेको छ, यसलाई सरकारले नियमन गर्न सुरु गरोस्,’ राणालाई प्रतिनिधिसभा बैठकमा बोल्दै भनिन, ‘र, मेरो नाममा बनाईएको फेक अडियोका बारेमा सत्यतथ्य बाहिर ल्याओंस ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफनो नाम मुछिएर ल्याइएको अडियोका बारेमा तत्काल सार्वजनिक गर्न समेत अनुरोध गरेकी छिन । ‘मैले फेक अडियोका बारेमा उजुरी दर्ता गराएको छु, त्यो दर्ता गराउन पनि प्रहरीले मानिरहेको थिएन, हुन त म जतिको मान्छे गए पछि फेक अडियोका बारेमा उजुरी दर्ता सहजै हुन्छ भन्ने लागेको होला, मलाई पनि त्यो उजुरी दर्ता गराउन तीन घन्टा लागेको थियो,’ उनले भनिन, ‘तर, आज ६ दिन नाघिसक्दा पनि प्रहरीले त्यसको यथार्थ सार्वजनिक गरेको छैन, यो दुःखद कुरा हो । म त्याे अडियाेका बारेमा तत्कालै सत्यतथ्य सार्वजनिक हाेस भन्ने चाहान्छु ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरण जघन्य अपराध भएको भन्दै सो प्रकरणका दोषीलाई कारबाही गर्न पनि राणाले माग गरेकी छिन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  २ : ४४ बजे

रूसी राष्ट्रपति पुटिनद्वारा बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा बाढीपहिरोका कारण भएको

बेलायती प्रधानमन्त्रीको नेपाललाई १ अर्ब सहयोगको घोषणा

लन्डन । बेलायती  प्रधानमन्त्री एन्डी बर्नहमले बुधबार आएको आकस्मिक बाढीपछि

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी

भोटेकोशी बाढी : ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४०

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै