७ आश्विन २०८३, बुधबार | September 23, 2026

शरणार्थी प्रकरण बिदेशी दबाबमा छानबिन हुनु राष्ट्रिय लज्जाको विषय : राप्रपा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार भ्यागुतोको धार्नी नपुगेको जस्तो भएको बताएको छ ।

आज देखी काठमाडौंमा सुरु भएको केन्द्रीय समितिको पुर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा विदेशीको दवावबाट भएकोसमेत उल्लेख गरेका छन् ।

‘प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा छ । सरकार निर्माण र विघटनमा बाह्य प्रभावका प्रसङ्ग चले जस्तै बाह्य दवावबाट मात्र भ्रष्टाचारको छानविन हुन थालेको प्रसङ्ग चल्नु राष्ट्रिय लज्जाको विषय हो,’ अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदन पेश गर्दै भने ।

सत्य, निष्ठा, इमान्दारीता, जवाफदेहीता दुर्लभ वस्तु बन्न गएको उल्लेख गर्दै लिङ्देनले भनेका छन, ‘सानालाई ऐन, ठूलालाई चैन भन्ने अवस्था वर्तमान शासनको विशेषता बनेको छ, यो यथार्थ अवस्था दण्डहीनताको श्रृखलाहरूले आफैं प्रमाणित गरेको छ । धेरै पर जानै पर्दैन, वाइड बडीदेखि ललिता निवास जग्गा काण्ड, एनसेलदेखि क्यान्टोनमेन्ट घोटाला ध्यानमा लिने हो भने सत्यतथ्य सबै छर्लङ्ग हुन्छ ।’

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ४ : ०३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज