काठमाडौं । नेकपा एमालेका सांसद एवं परिवार दलका अध्यक्ष एकनाथ ढकाल कोरियाबाट काठमाडौं आएलगत्तै विमानस्थलबाटै पुनः कोरिया फर्किएका छन् । सिओलबाट हङकङ हुँदै मंगलबार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिएका ढकाल आफु आएकै जहाजबाट पुनः कोरिया फर्किएका हुन् । राति १० बजे क्याथे प्यासिफिकको उडान नम्वर सीएक्स ६०३ बाट उनी काठमाडौंमा उत्रिएका थिए तर मध्यराति १२…