९ माघ २०८२, शुक्रबार | January 23, 2026

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिए । बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने छ । जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने बिहीबार नै निर्णय गरिसकेको छ ।…