काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित भएकी छिन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आज उनलाई सचेतक पदमा मनोनयन गरेको संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन् । सिन्धुलीकी नेता थिङ गत महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य बनेकी थिइन । उनी समानुपातिकबाट…