१३ पुस २०८२, आइतबार | December 28, 2025

राष्ट्रियता जस्तो संवेदनशील विषयमा सरकार गम्भीर छैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिपुलेकसम्बन्धी हालको विवादमा सरकारले आवश्यक गम्भीरता नदेखाएको आरोप लगाएको छ। पार्टीले राष्ट्रियता जस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकतामा राखी सम्बोधन गर्ने जिम्मेवारी सरकारको भए पनि बेवास्ता गरिएको आशंका जताएको हो । रास्वपाको भनाइमा यस्तो संवेदनशील विषयको समाधान सत्ता वा प्रतिपक्षको विभाजनबाट नभई, एकमतका साथ कूटनीतिक, शान्तिपूर्ण तर प्रभावकारी माध्यमबाट खोजिनुपर्छ।…