२९ जेष्ठ २०८३, शुक्रबार | June 13, 2026

राष्ट्रियसभाको बैठक सर्‍यो

काठमाडौं । बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक शुक्रबारका लागि सरेको छ । बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको बैठक विशेष कारणले शुक्रबारका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । उनका अनुसार अब राष्ट्रिय सभा बैठक शुक्रबार अपरान्ह ४ बजेर १ मिनेटमा बस्नेछ ।