१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

बाँकेको खजुरामा महाआरती प्रारम्भ (फोटोफिचर)



खजुरा । खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यका साथ खजुरा बजारमा रहेको लक्ष्मी नारायण मन्दिरमा आजबाट महाआरतीको आरम्भ गरिएको छ । खजुरा र त्यस आसपासका मठमन्दिरहरुलाई समेटेर धार्मिक पर्यटनको केन्द्र बनाउन भन्दै खजुरामा आजबाट महाआरतीको थालनी गरिएको हो ।

महाआरती सुरुहुनु अघि आयोजित उदघाटन समारोहको प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले उदघाटन गरे । लक्ष्मी नारायण दिब्यधामको स्थापनाको अभियानलाई सार्थक बनाउने उद्देश्यले मन्दिर परिषरमा भब्य भजन किर्तन सहित महाआरतीको प्रारम्भ गरिएको ब्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।

निकट भविश्यमा अग्लो सुदर्शन चक्र सहितको लक्ष्मीनाराणको मुर्ति स्थापना गर्ने अभियानलाई महाआरतीले सार्थक बनाउने उनले अपेक्षा गरे ।

आरतीको प्रारम्भ गर्न बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगी सहितको टोली खजुरा पुगेको थियो । ६ बजेर १४ ममिनेटको एकादशी तिथीको साईतमा मत्रोच्चारण सहित महाआरती प्रारम्भ गरिएको थियो । खजुरा धौलागिरी गाँउको नौमतिबाजा, गुल्मेली समाज बाँकेको भजन टोली र ठुलो संख्याको स्थानीयको उपस्थितीमा महाआरतीको प्रारम्भ गरिएको छ ।

खजुरा धार्मिकरुपमा पनि दशकौँ देखि प्रख्यात छ । राणाकालको मैटहवा मन्दिर, सयौँ वर्ष पुरानो हनुमान तलौवा, सन्तकुटी जस्ता ऐतिहासिक धार्मिक क्षेत्र खजुरामा नै पर्दछ । त्यससँगै खजुराको लक्ष्मीनारायण मन्दिर, मनकामनापुरको शिवालय, ज्ञानोदयको कालिमाई, डी गाँउको नवदुर्गा मन्दिर लगायत यस क्षेत्रमा ठुलो संख्यामा धार्मिक मठमन्दिरहरु खजुरामा रहेका छन् ।

खजुरा क्षेत्रका ऐतिहासिक मठ मन्दिरहरुलाई गन्तब्य बनाउने गरि महाआरती सहितको बिभिन्न धार्मिक प्याकेज तयारी भइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

खजुरा क्षेत्र धार्मिक पर्यटनको प्रचुर समभावना भएको क्षेत्र भएकाले यस क्षेत्रलाई त्यसै अनुरुप विकास गर्न सकिने नाटा लुम्बिनीका सदस्य तथा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ९ : ०८ बजे

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता

‘इमान्दार कार्यकर्ता अपहेलित भए’ भन्दै उमाशंकर अरगरियाले छोडे एमाले

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य प्रत्याशी

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको

बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको