९ आश्विन २०८०, मंगलबार | September 26, 2023

बाँकेको खजुरामा महाआरती प्रारम्भ (फोटोफिचर)



खजुरा । खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यका साथ खजुरा बजारमा रहेको लक्ष्मी नारायण मन्दिरमा आजबाट महाआरतीको आरम्भ गरिएको छ । खजुरा र त्यस आसपासका मठमन्दिरहरुलाई समेटेर धार्मिक पर्यटनको केन्द्र बनाउन भन्दै खजुरामा आजबाट महाआरतीको थालनी गरिएको हो ।

महाआरती सुरुहुनु अघि आयोजित उदघाटन समारोहको प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले उदघाटन गरे । लक्ष्मी नारायण दिब्यधामको स्थापनाको अभियानलाई सार्थक बनाउने उद्देश्यले मन्दिर परिषरमा भब्य भजन किर्तन सहित महाआरतीको प्रारम्भ गरिएको ब्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।

निकट भविश्यमा अग्लो सुदर्शन चक्र सहितको लक्ष्मीनाराणको मुर्ति स्थापना गर्ने अभियानलाई महाआरतीले सार्थक बनाउने उनले अपेक्षा गरे ।

आरतीको प्रारम्भ गर्न बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगी सहितको टोली खजुरा पुगेको थियो । ६ बजेर १४ ममिनेटको एकादशी तिथीको साईतमा मत्रोच्चारण सहित महाआरती प्रारम्भ गरिएको थियो । खजुरा धौलागिरी गाँउको नौमतिबाजा, गुल्मेली समाज बाँकेको भजन टोली र ठुलो संख्याको स्थानीयको उपस्थितीमा महाआरतीको प्रारम्भ गरिएको छ ।

खजुरा धार्मिकरुपमा पनि दशकौँ देखि प्रख्यात छ । राणाकालको मैटहवा मन्दिर, सयौँ वर्ष पुरानो हनुमान तलौवा, सन्तकुटी जस्ता ऐतिहासिक धार्मिक क्षेत्र खजुरामा नै पर्दछ । त्यससँगै खजुराको लक्ष्मीनारायण मन्दिर, मनकामनापुरको शिवालय, ज्ञानोदयको कालिमाई, डी गाँउको नवदुर्गा मन्दिर लगायत यस क्षेत्रमा ठुलो संख्यामा धार्मिक मठमन्दिरहरु खजुरामा रहेका छन् ।

खजुरा क्षेत्रका ऐतिहासिक मठ मन्दिरहरुलाई गन्तब्य बनाउने गरि महाआरती सहितको बिभिन्न धार्मिक प्याकेज तयारी भइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

खजुरा क्षेत्र धार्मिक पर्यटनको प्रचुर समभावना भएको क्षेत्र भएकाले यस क्षेत्रलाई त्यसै अनुरुप विकास गर्न सकिने नाटा लुम्बिनीका सदस्य तथा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ९ : ०८ बजे

अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा

कर्णालीका राउटेलाई लुम्बिनीले दियो दशैँ खर्च

दाङ । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा