दाङ । दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको ज्यान गएको छ । आज बिहीवार दिउँसो हापुर खोलामा बाँधिएको कुलाको बाँधमा नुहाउने क्रममा तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टाकी १४ वर्षीया चेतना रावतको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । सङ्ग्राम खोला र हापुर खोलाको दोभानमा नुहाउन गएको बेला खोलामा डुबेकी किशोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका…