पोखरा । गण्डकी प्रदेश नेपाली कांग्रेसको कार्यसमितिले आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यसमितिको बैठकले सरकार बनाउन आवश्यक पहल थाल्ने निर्णय गरेको महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए । ‘गठबन्धनभित्र ठूलो पार्टीको रुपमा कांग्रेस छ । उसैको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने, ‘अब छिट्टै पदाधिकारी बैठक…