काठमाडौं । आइतबार पोखरामा यति एयरको विमान दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । विमान दुर्घटनाको खबरले आफू मर्माहत भएको बताउँदै भारतिय प्रधानमन्त्री मोदीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्ः ‘भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत…