६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने



विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ । मंगलबार बसेको कोशी प्रदेश कांग्रेस संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेशमा अहिले एमाले नेतृत्वको सरकार छ । एमाले संसदीय दलका नेता हिम्मतकुमार कार्की मुख्यमन्त्री छन् ।

मंगलबार नै माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ भने यसअघि नै जनता समाजवादी पार्टी ९जसपा०ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । जसले गर्दा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

यहीबीचमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  २ : २६ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए