काठमाडौं । नेकपा (एमाले)का शीर्ष नेताहरुले दोस्रो विधान महाधिवेशनस्थल ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको अवलोकन गरेका छन् । एमालेका कार्यवहाक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य प्रमुख कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालय सचिव…