१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

रूपन्देही-३ उपनिर्वाचनमा जनमतको छुट्टै उम्मेदवार हुन्छ : सीके राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रूपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टीले छुट्टै उम्मेदवार प्रस्तुत गर्ने बताएका छन्।

राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै जनमत पार्टीले आफ्नो उम्मेदवार चुनावी प्रतिस्पर्धामा उतार्ने जानकारी गराएका हुन्।

संघीय लोकतान्त्रिक मोर्चाका तर्फबाट नागरिक उन्मुक्ति पार्टीले साझा उम्मेदवार खडा गर्ने तयारीमा रहेका बेला जनमत पार्टीले भने स्वतन्त्र रुपमा उम्मेदवार तय गर्ने घोषणा गरेको हो।

राउतले भनेका छन्, ‘भ्रममा नपरौं: जनमत पार्टीले मेचीदेखि महाकालीसम्म ३आफ्नै ३उम्मेदबार उठाउने रणनीति अन्तर्गत रुपन्देही-३ मा पनि आफ्नै उम्मेदबार उठाउनेछ। यसअगाडिको निर्वाचनमा अरू पार्टीहरू काँग्रेस वा एमालेको गठबन्धनमा सामेल भई चुनाव लड्दा जनमत पार्टी एक्लै नै चुनाव लडदै आएको छ र गठबन्धन गरेको पूर्व अनुभव छैन।’

उनले जनमत पार्टी संविधान संशोधन, अधिकार र पहिचानका पक्षमा संघर्षरत संघीय लोकतान्त्रिक मोर्चासँग सैद्धान्तिक रूपमा उभिएको भए पनि उपनिर्वाचनमा भने पार्टीले आफ्नै उम्मेदवार उठाउने निर्णय लिएको प्रष्ट पारेका छन्।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  १० : ५९ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको