दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भोलि (असार १ गते) प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत नवौं बैठकमा साँझ ५ बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रदेश सरकारले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर…