काठमाडौं । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी निस्किएका छन् । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा आज राजधानीका नेवार समुदायले विभिन्न स्थानबाट सांस्कृतिक झाँकी निकालेका हुन् । साना बालबालिकालाई गाईको रूपमा सिँगारेर सांस्कृतिक झाँकी निकालिएको छ भने केहीले गाईलाई नै सिँगारेर…