७ आश्विन २०८३, बुधबार | September 23, 2026

पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक पर्वहरू हाम्रा पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताएका छन ।

गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले यस्ता पर्वले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका बताए । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ विभिन्न जातजाति/समुदायका आ-आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू छन् ।

यिनै चाडपर्वहरूमध्ये नेवार समुदायमा वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व पनि महत्वपूर्ण हो । सभापति देउवाले यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन ।

लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, धर्म-संस्कृति र परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुने सभापति देउवाले बताए । यसले सबै संस्कृतिको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउने उनले उल्लेख गरे । सबैले यस्ता सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि संरक्षण गर्दै, पर्वहरूको मौलिकता जोगाउनु सामूहिक दायित्व र जिम्मेवारी भएको उनको भनाइ छ ।

सभापति देउवाले नेपालीहरुको मौलिक सांस्कृतिक पर्वका रूपमा रहेको गाईजात्राका अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : ०५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११