काठमाडौं । माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनौपचारिक रुपमा यस्तो निर्णय गरेको बताइएको छ । उम्मेदवारी फिर्ता गर्ने समय गुज्रेपछि माओवादीले यस्तो निर्णय गरेको हो । केन्द्रीय गठबन्धन निर्णयअनुसार रौतहट–३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने…