२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

प्रधानमन्त्री प्रचण्ड जाने कार्यक्रममा आज उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भनिएको दोहा सम्मेलनमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भाग लिन भएका छन् ।

सचिवालयका सदस्य बिजय गौतमका अनुसार अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन श्रेष्ठ आज साँझ दोहो, कतार जान लागेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत रहनेछन । फागुन २१ गतेदेखि २५ गते सम्म दोहामा साे सम्मेलन हुनेछ । श्रेष्ठ फागुन २३ गते स्वदेश फर्किने छन् ।

२५ गते हुने राष्ट्रपति निर्वाचन लगायतका कारण प्रचण्डले आफ्नो भ्रमण रद्द गरेपछि प्रधानमन्त्री जाने सो कार्यक्रम स्थगित भए पछि उपप्रधानमन्त्री श्रेष्ठ दोहा जान लागेका हुन् ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १० : १४ बजे

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ