२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

अन्ततः सभामुख घिमिरे बालुवाटारस्थित आफनै भवनमा बस्ने



काठमाडौं । सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन । गत ५ माघमा सभामुख चयन भए पनि वासस्थान नहुदाँ लोकन्थलीस्थित निवासमा बस्दै आएका सभामुख घिमिरे मन्त्रीपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने भएका हुन ।

‘सोमबारको मन्त्रीपरिषद बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ, आवश्यक प्रक्रिया पुरा भए पछि र रंगरोगनको काम सकिए पछि चाँडै नै सभामुख बालुवाटारस्थित सरकार निवासमा सर्नु हुनेछ,’ घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले भने ।

सभामुखको सो निवासमा हाल राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आएका छन् । मन्त्री परिषदको निर्णयसँगै राष्ट्रियसभा अध्यक्ष त्यहाँबाट बाहिर जानेछन भने उनी पुरानै आफनै भवनमा बस्ने छन् वा यसअघि सभामुख बस्दै आएको लेनचौरस्थितमा जानेछन, त्यो भने निक्यौल भईसकेको छैन् ।

बालुवाटारमा प्रधानमन्त्री निवास भत्काएर नयाँ बनाउन थाले पछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिवले प्रयोग गर्दै आएको बालुवाटारस्थित सरकारी निवासमा सर्नु परेको थियो भने तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन दुव्यावहारको आरोपमा थुनामा गएपछि रिक्त रहदै आएको सो भवनमा राष्ट्रियसभा अध्यक्ष सरेका थिए भने राष्ट्रियसभा अध्यक्ष बसेको भवनमा मुख्य सचिवलाई सारिएको थियो ।

तर, महरा थुनापछि रिक्त रहेको भवनमा अध्यक्ष तिमिल्सना बसिरहेका कारण त्यसपछि निर्वाचित भएर आएका सभामुख अग्नि सापकोटा भने बालुवाटारस्थित सरकारी निवासमा नबसेर लैनचौरस्थित निवासमा बस्दै आएका थिए । हाल उनी त्यहाँबाट सरेपछि सभामुख घिमिरे बालुवाटार जाने कि लैनचौर जाने भन्ने अन्यौल थियो तर गत सोमबारको मन्त्रीपरिषद बैठकले निर्णय लिए पछि उनी अब बालुवाटर जानेछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १० : ११ बजे

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण सुरु

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक