२५ माघ २०८२, आइतबार | February 9, 2026

कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका लागि आजैसम्म दल दर्ताको लागि समय दिएको थियो । दल दर्ताका लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा गएका थिए । आज दल दर्ताको अन्तिम दिन हो ।