२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

हँसिया हथौडा चिन्हमा चुनाव लड्दा सजिलो हुन्छ : वामदेव गौतम



काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेकपा (राष्ट्रिय एकत अभियान)का संयोजक वामदेव गौतम निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

मंगलबार दिउँसो आयोगको कार्यालय पुगेका उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेको र यसैको प्रक्रियाबारे विषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र वामदेव गौतमले आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह ‘गोलाकारभित्रको हसिया हथौडा’ लिएर उठ्ने भएका छन् । आयोग परिसरमा संचारकर्मीसँग कुरा गर्दै गौतमले हँसिया हथौडाबाट चुनाव लड्दा आफुलाई सजिलो हुने बताए ।

गौतमले माओवादीको चुनावचिन्हबाट उठ्दा पछि आउने कानुनी जटिलताबारे बुझ्न आयोग आएको बताए ।

हाल राष्ट्रियसभा सदस्य रहेका गौतम प्रतिनिधिसभाबाट लड्न चाहेका छन् । गौतमले माओवादीसँग प्रतिनिधिसभामा एक सिट र प्रदेशसभामा दुईसिट मागेका छन् ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ३ : १७ बजे

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०