काठमाडौं । अमेरिकाले नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ। नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार, अमेरिकी सरकारले पछिल्लो साता मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)लाई निर्वाध रुपमा कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय लिएको हो। “अमेरिकी वैदेशिक सहायता समीक्षाको परिणामस्वरूप एमसीसी सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरिएको छ।…