बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पाल्पा क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा उम्मेदवार सोमप्रसाद पाण्डेले पाल्पामा अधुरा रहेका विकास निर्माणका आयोजना सम्पन्न गर्न आफू निर्वाचनमा होमिएको बताएका छन् । आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका पाण्डेले २०७९ सालको निर्वाचनमा पराजय भोगेपछि पाल्पामा विकासका कामले गति लिन नसकेको दाबी गरे । त्यसपछि पाल्पाबासीकै आग्रह…