काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल यूएईसँग पाँच विकेटले पराजित भएको छ । नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमै पाँच विकेट गुमाएर पूरा गर्दै जित हात पारेको हो । कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट शतक प्रहार गरे पनि टिमलाई जित दिलाउन सकेनन् । नेपालका बलरहरू यूएईका ब्याट्सम्यानहरूलाई रोक्न असफल देखिए…