काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुलिङ पिरियडको इस्युमा एमालेले अन्तिममा म्याउ गरेको टिप्पणी गरेका छन् । काठमाडौं सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै प्रचण्डले संघीय निजामति सेवा ऐनमा गरिएको संशोधनलाई पनि राजनीतिक रूपमा जोड्दै “कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो,” भन्ने टिप्पणी गरेका…