२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

राजापाक्षे दाजुभाइमाथि लगाइएको प्रतिबन्ध थप लम्बाइयो

कोलम्बो । श्रीलंकाको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्वअर्थमन्त्री बसिल राजापाक्षेमाथि लगाइएको यात्रा प्रतिबन्धलाई सेप्टेम्बर ५ सम्म लम्ब्याएको छ । श्रीलंकाको सर्वोच्च अदालतले यसअघि उनीहरूलाई अगस्ट ११ सम्म अदालतको अनुमतिबिना देश छाड्न नदिने अन्तरिम आदेश जारी गरेको थियो । महिन्दा राजापाक्षे, बसिल राजापाक्षे र श्रीलंकाको केन्द्रीय बैंकका पूर्वगभर्नर अजित निभार्ड काब्राललाई विदेश यात्रा प्रतिबन्ध…