३१ आश्विन २०८३, शनिबार | October 18, 2026

जाजरकोट जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो, १ जना गम्भीर घाइते (मृतकको नामसहित)



जाजरकोट । जाजरकोट जीप दुर्घटना ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। एक जना गम्भीर घाइते छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा जीप चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का रहेका छन्।

त्यसैगरी जाजरकोट छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा ज्यान गएको छ।

यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

छेडागाड नगरपालिका–५ का जैमान अधिकारी गम्भीर घाइते भएका छन्।

सोमबार दिउँसो करिब ४ बजेको समयमा कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना परेको थियो।

मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा जीप दुर्घटनामा परेको हो। जीप सडकबाट २०० मिटर तल खसेको छ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ८ : १८ बजे

रेमिट्यान्सलाई सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक र युनाईटेड रेमिटबीच सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने

देशैभरका इलाका प्रहरी कार्यालयमा बाँके खजुराको इप्रका सर्वोत्कृष्ट

नेपालगन्ज । बाँकेको खजुरा स्थित इलाका प्रहरी कार्यालय धनौली, देशैभरका

बागेश्वरी मन्दिरमा धुमधामका साथ फूलपाती भित्राइयो

नेपालगन्ज । हिन्दु धर्मावलम्बीको ठूलो पर्व बडादशैंको सातौँ दिन शनिबार

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा