५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

श्रीमतीले गरिन् श्रीमानको घाँटीमा पासो कसेर हत्या



अर्घाखाँची । श्रीमान‍्को घाँटी थिचेर हत्या गरेको आरोपमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बलबहादुर र लक्ष्मीबीच मंसिर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए ।

रिसको झोकमा लक्ष्मीले कम्मरमा बाँधेको पटुका निकालेर श्रीमान‍्को घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए । लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुन्डाएर श्रीमान‍्लाई मारेको प्रहरीमा बयान दिएकी छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : ४४ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय