१५ पुस २०८२, मंगलबार | December 30, 2025

विमल पौडेल सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा विमल पौडेल सिफारिस भएका छन्। सोमबार बसेको न्याय परिषद् बैठकले हाल सर्वोच्च अदालतमा कार्यरत रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारका रूपमा सिफारिस गरेको हो। यसअघि मुख्य रजिस्ट्रारको जिम्मेवारी सम्हाल्दै आएका देवेन्द्रराज ढकालको अवकाशपछि रिक्त पदमा पौडेललाई सिफारिस गरिएको हो। ५८ वर्षे उमेर हद पुगेपछि आइतबारदेखि ढकाल अनिवार्य अवकाशमा गएका थिए।…