२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

बाघले बाख्रा मारेपछि गाउँवासी त्रासमा

सुदूरपश्चिम । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका-७ को कुइने गाउँमा सोमबार साँझ बाघले झम्टेर २१ बाख्रा मारेपछि स्थानीयवासी त्रसित भएका छन् । गाउँ नजिकै रहेको कालिका सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन लगेको अवस्थामा भएको उक्त घटनापछि स्थानीयवासी आतङ्कित भएको सोही वडा निवासी गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउदले बताए । “दुई बच्चासहितको बाघले बाख्रा मारेपछि त्रसित…