१५ चैत्र २०७९, बुधबार | March 29, 2023

बैंक अफ काठमाण्डूलाई दुई करोडभन्दा जरिवाना



काठमाडौं । बैंक अफ काठमाण्डूले दुई करोड ११ लाख ८५ हजार ६० रुपैयाँ जरिवाना तिरेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीन महिनामा गरेको अध्ययन अनुसार सो बैंकले विपन्न वर्ग क्षेत्र कर्जा केन्द्रीय बैंकले तोकेअनुसार नपुर्‍याएपछि जरिवाना तिरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुला विपन्न वर्ग कर्जा कुल कर्जाको कम्तीमा ५ प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था छ । सो नपुगेको खण्डमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कारबाही वा जरिवाना गर्न सक्छ ।

त्यस्तै सो बैंकले केन्द्रीय बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरूमा पनि कारोबार गरेको पाइएपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवणलाल मास्केलाई बोलाएर सचेत गराएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ७ : ०५ बजे

रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन हुँदै, तातोपानी/झाङ्मु नाका बैशाखबाट खुल्ने

काठमाडौं । रसुवागढीरकेरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा

अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ

काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ

विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको

Coalition government shall complete full term: PM Prachanda

KATHMANDU: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has said that

तिलोत्तमाबाट मोटरसाईकल चोर्ने २ जना चोर रङ्गेहात पक्राउ

बुटवल । तिलोत्तमा ९ का स्थानीय नारायण पाण्डेको घरबाट मोटरसाईल