काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । पार्टीभित्र संस्थापन पक्ष र गगन थापा एवं विश्वप्रकाश शर्माको नेतृत्वमा बनेको नयाँ कार्यसमितिबीच को आधिकारिक हो भन्ने विषयमा निर्वाचन आयोगमा पुगेको विवादका बीच खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन् । भृकुटीमण्डमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेका छन् ।…