काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको पुनर्नियुक्तिप्रति व्यङ्ग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको ‘जान्नेलाई छान्ने’ नारामाथि कडा टिप्पणी गरेका छन्। गुरुङ पुनः गृहमन्त्री नियुक्त भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरेलले ‘जान्नेलाई छान्ने’ अभियान नै भ्रष्ट भएको टिप्पणी गरेका हुन्। उनले आफ्नो स्टाटसमा देशविरुद्धका गतिविधिलाई सामान्य ठान्ने, राज्यविरुद्धका विध्वंसात्मक अपराधलाई बहादुरीका रूपमा…