यांगुन । म्यानमारको सेनाले चार प्रजातान्त्रिक कार्यकर्तालाई मृत्युदण्ड दिएको छ । दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिइएको हो । पूर्वसांसद फ्यो जेया थाउ, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जावरलाई ‘आतंकवादी कार्य’मा संलग्न रहेको आरोप लगाइएको थियो । जुनमा सेनाले पहिलो पटक घोषणा गरेको मृत्युदण्डको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो ।…