पछिल्लो २४ घण्टामा हावाहुरीसहितको वर्षा र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहरीका कारण चितवनमा तीन र चट्याङ लागेर खोटाङ र सुनसरीमा एकरएक जनाको मृत्यु भएको हो । यस्तै हावाहुरीका कारण घाइते हुनेमा चितवनमा दुई, कैलालीमा आठ…