१८ श्रावण २०८३, सोमबार | August 3, 2026

सिराहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित



सिरहा । सिराहाको मिर्चैया नगरपालिकामा मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले पुनः जितेको छ । निर्वाचन अधिकृतको कार्यालय मिर्चैयाले शनिबार बिहान निवर्तमान मेयर श्रवणकुमार यादव र उपमेयरमा जीवछी देवीलाई निर्वाचित भएको घोषणासहित प्रमाण पत्रसमेत दिएको छ ।

उनीहरू दुवै जना नेकपा माओवादी केन्द्रबाटै २०७४ को स्थानीयतह निर्वाचनमा सोही पदमा निर्वाचित भएका थिए । मिर्चैयाका निवर्तमान मेयर समेत रहेका यादव ५२३ मतान्तरसहित ५ हजार २३३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिताराम यादवले ४ हजार ७१० मत ल्याउँदा नेकपा एमालेका प्रतिप महासेठले ३ हजार ७०४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा निर्वाचित जीवछी देवीले ४४ मतान्तरसहित कांग्रेसकी अनिता साहलाई पराजित गरेकी छन् । उनले ५ हजार ७० मत ल्याएकी छन् भने निकटतम प्रतिस्पर्धी साहले ५ हजार २६ मत र नेकपा एमालेका सोभा देवी साहले ३ हजार ८७७ मत प्राप्त गरेकी छन् ।

कुल १२ वडा रहेको मिर्चैयामा एमालेले ५, माओवादी केन्द्रले ४ जनमत पार्टी, नेपाली काँग्रेस र स्वतन्त्रले १र१ वडा जितेका छन् ।

मतगणना सकिएको लामो समयसम्म पनि विजय घोषणा नगरेपछि नेकपा माओवादीका नेता कार्यकर्ताहरूले मत परिणाम घोषणा गर्न दबाब दिनु परेको थियो । शुक्रबार अपराह्न ५ बजे नै मतगणना सकिए पनि परिणाम घोषण रोकिएपछि सञ्चारकर्मी र नेताहरूको आग्रहपछि आज शनिबार बिहानमात्र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित परिणाम घोषणा गरेका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ८ : ४८ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल