काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट चुनाव लड्ने भएका छन् । शुक्रबार साँझ बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई गोरखा-२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रचण्ड यसअघि चितवन-३ बाट चुनाव लडेका थिए । तर चितवनमा कांग्रेसभित्रको आन्तरिक द्वन्द्व बढेपछि प्रचण्डलाई गोरखा-२ बाट चुनाव लड्नका लागि दबाब बढिरहको थियो…