पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले नजिते देश दुर्घटनामा पर्ने कुरा पुनः दोर्याएका छन् । पोखरामा गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनका लागि गठबन्धनले जित्नुपर्ने धारणा राखेका हुन् । दुई दिन अघि चितवनमा आयोजित सभामा यही विषयलाई प्रचण्डले उठाएपछि उनको धेरैतिरबाट आलोचना भएको थियो ।…